चुनाव रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले लिखित जवाफ माग्यो

३ मंसिर ०७४, काठमाडौं । सर्वोच्च अदालतले प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार नभएसम्म चुनाव रोक्न माग गर्दै परेको रिटमा लिखित जवाफ मागेको छ ।

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार हुनु पर्ने माग गर्दै कमला थापाले दायर गरेको रिटमा न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले निवेदकको माग बमोजिम लिखित जवाफ मागेको हो । आदेश किन जारी नगर्ने लिखित जवाफ १५ दिनभित्र दिन भनेको छ ।

तर, टिर निवेदनको माग बमोजिम चुनाव रोक्न अन्तरिम आदेश भने दिएको छैन । साथै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे बहसका लागि १३ गते दुबै पक्षलाई बोलाइएको छ ।

रिटमा संविधानको धारा ८४ को १ क बमोजिम ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने र यो सुनिश्चित नहुँदासम्म चुनाव रोक्नु पर्ने माग गरिएको छ ।

तपाइको मत