
तस्बिर : कपिल ज्ञवाली
५ बैशाख ०७४, काठमाडौं । स्थानीय चुनाव बहिस्कारको नारा लिएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चुनाव विरोधी एकीकृत जनजागरण तथा प्रतिरोध अभियान सभामा प्रहरीले हस्तक्षेप गरेको छ ।
विप्लवको पार्टीले बुटवल नगरपरिक्रमा गर्ने क्रममा ‘नेपाल सरकार मुर्दाबाद’, लगायतका नारा लगाउँदै सभा गर्न खोजेको बुटबलको ट्राफिक चोकमा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीका अनुसार विप्लवको पार्टीले चुनाव विरोधी गतिविधि गरेकाले कार्यक्रम रोकिएको हो ।
विप्लवको पार्टीको लुम्बिनी ब्युरोले बुटवलमा अायाेजना गरेको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगर,पोलिटब्यूरो सदस्य ओम पुन र चन्द्र बहादुर चन्द बिरजंग लगायतकाे उपस्थति रहेको थियाे ।
यसैगरी चन्दको पार्टीको कञ्चनपुर सभामा पनि प्रहरीले हस्तक्षेप गरेको छ ।













