चुलाचुली गाउँपालिकाको सभा हलमा बम विष्फोट

२ बैशाख ०७५, इलाम । चुलाचुली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

गएराति ८ बजेतिर विष्फोटबाट कार्यालयको पक्की सभाहलको छतमा बम विष्फोट गराएको हो । विष्फोटले छतमा प्वाल परेको र झ्यालका सिसा फुटेको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले जानकारी दिए ।

गाउँपालिको सभा भवनको छतमा अर्काे तल्ला थपिँदै गरिएकाले बाहिरपट्टिबाट छतमा चढेर बम विष्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ । उनले भने- ‘कुन खालको बम कसले र किन पड्कायो भन्ने पत्ता लाग्न सकेको छैन । छतमा बम पड्काएर नाङ्लो आकारको प्वाल परेको छ ।’

जिल्ला प्रहरी प्रमुख एसपी विपीन कर्माचार्यले घटनाबारे अनुसन्धान भइरहेको जनाए ।

तपाइको मत