चुहावट नियन्त्रणबाट ६० लाख राजस्व असुली

१९ पुस ०७५, राजविराज । नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र राजविराजका प्रमुख चन्द्रनारायण साहले सप्तरीमा अहिले पनि ४३ प्रतिशत विद्युत चुहावट रहेको बताएका छन् ।

सप्तरीमा गत वर्ष ५० प्रतिशत चुहावटबाट चालु आर्थिक वर्षमा ३६ प्रतिशतमा विद्युत चुहावट झार्ने लक्ष्य रहेपनि अहिले ४३ प्रतिशतमा ल्याइएको बताए ।

जिल्लाको बिजुली बत्तिलाई नियमित र व्यबस्थित गर्नेतर्फ विद्युत प्राधिकरणका साथ साथै स्थानिय निकायले प्रयास गरे जिल्लामा जनताले नियमित बिजुली सेवा पाउने प्रमुख साहले दावी गरे ।

स्थानिय तह अन्तर्गत वडाहरूमा हुने हुकिङलाई वडा अध्यक्षले अनुगमन गरी कारवाही गरेमा चुहावटलाई नियन्त्रण गर्ने सकिने बताउँदै स्थानिय निकाय ऐनले पनि स्थानिय तहलाई बिजुली चुहावट नियन्त्रण गर्ने अधिकार समेत रहेकोले सो बमोजिम बिजुली चुहावट गर्नेलाई कार्यवाही गर्न सकिने बताए ।

प्रमुख साहले भने–‘अहिले हामीसँग १० हजार मिटर रहेको छ, जस मध्ये ८ हजार मिटर वितरण भईसकेको र थप २ हजार मिटर चाडै ल्याउने छौं ।’

यसैबीच सप्तरीमा यस बर्ष चुहावट नियन्यत्रण गर्ने क्रममा राजविराज, रूपनी, कल्याणपुर, हनुमाननगर, कंचनपुर, लगायत अन्य ७५ मिटरमा कारवाही गरिएको छ । मिटर कारवाहीमा १३ लाख ४० हजार १ सय ४४ रूपैया ६० पैसा असुली भएको उनले जानकारी दिए ।

यस्तै, हुकिंङ नियन्त्रण अभियान अन्तर्गत ४ सय जनालाई कार्यवाही गरी ५० लाख ६० हजार १ सय ५० रूपैया असुल गरी ६४ लाख २ सय ९४ रूपैया ६० पैसा बिद्युत चुहावटबाट रकम असुली गरेको प्रमुख साहले बताए ।

तपाइको मत