कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकबाट १५ बुँदे निर्णय सार्वजनिक

५ चैत्र ०७६, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार १५ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

सरकारले चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्ने, सनेमा हल, सांस्कृतिक केन्द्रहरु, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्यूजियम, स्विमिङपुल, मनोरञ्जनस्थल, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै अत्यावश्यक काममा बाहेक आवतजावत हिड्डुल नगर्ने, सार्वजनिक स्थालहरुमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने लगायतका निर्णय गरेको छ ।

आठौं बैठकका निर्णयहरू