काेभिड १९ ले देशभर सबै प्रकारका आवागमन ठप्प

११ चैत्र ०७६, काठमाडौं । सरकारले देशभर आज बिहानदेखि लागू हुने गरी चैत १८ गतेसम्म अत्यावश्यक काममा बाहेेक सबै प्रकारका आवागमनमा राेक लगाएको छ ।

काेभिड १९ काे संक्रमित नेपालमा पनि भेटिएपछि साेमबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरलेको नेतृत्वमा बसेको कोरोना भाइरस प्रकोप नियन्त्रण उच्चस्तरीय समितिले अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन राेक लगाएको हो ।

‘औषधी उपचार, खाद्य वस्तु खरिदका लागि बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने’ सरकारले जारी गरेको आदेशमा भनिएको छ ।

सरकारले अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक कुनै पनि यात्रु बाहक सवारी साधनमा रोक लगाउने साथै सुरक्षा निकायबाट तोकिएका बायुयान बाहेक सबै आन्तरिक उडानहरू बन्द गर्ने निर्णय समेत गरेको छ ।