८ असोज ०७४, धनुषा । जनकपुरमा शनिबार चोरीको मोटरसाइकल र लागुऔषधसहित दुई जना पक्राउ परेका छन ।

शनिबार दिउँसो ज ६ प ४६७६ नम्बरको निलो रङ्गको पल्सर मोटरसाइकलमा गइरहेका दुई युवा जनकपुरको जनक चोकबाट पक्राउ परेका हुन् ।
शंका लागेर चेकजाँच गर्न खोज्दा भागेको र लखेटेर समाती चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी निरज कार्की, प्रहरी हवल्दार मुन्निलाल महतो तथा प्रहरी जवान रामसागर रौनियारको संयुक्त टोलीले मोटरसाइकल चोरी गरेर भागिरहेका उनीहरुलाई पक्राउ गरेका हुन् ।
महोत्तरी जिल्ला धिरापुर बस्ने रोहित यादवको मोटरसाइकल चोरी तथा लागु औषधसहित पक्राउ परेका दुई युवाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भागिरहेका उनीहरुलाई लखेटेर पक्राउ गरेपछि चेकजाँच गर्दा मोटरसाइकलको कागजातहरु महोत्तरी धिरापुरका रोहित यादवको नाममा रहेको र अनुसन्धान गर्दै जाँदा उनीहरुले मोटरसाइकल चोरी गरेर भागिरहेका तथ्य खुलेको प्रहरीको भनाइ छ । अनुसन्धानकाक्रमा रहेकाले उनीहरुको नाम खुलाइएको छैन् ।













