चौतारीका शन्तराम पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा निर्वाचित

११ बैशाख ०७४, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा प्रेस चौतारी निकट शन्तराम विडारी बिजयी भएका छन् ।

FNJ-kathmandu

पत्रकार बिडारीले प्रेस सेन्टर र प्रेस युनियनको संयुक्त प्यानलका उम्मेदवार रामकृष्ण अधिकारीलाई१४ मतले पराजित गर्दै बिजयी भएका हुन् ।

आइतबार सम्पन्न निर्वाचनको सोमबार अपरान्ह सकिएको मतगणनामा बिडारीले ४२९ मत पाएका छन् भने अधिकारीले ४१५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै महिला उपाध्यक्षमा विडारी प्यानलकै सीता पोखरेल र खुला उपाध्यक्षमा भने अधिकारी प्यानलका सुर्य सुवेदी निर्वाचित भएका छन् ।

सचिवमा मोहन पन्त, सहसचिव अमिर लामा, रामशरण माझी र कोषाध्यक्षमा रामचन्द्र खड्का बिजयी भएका छन् ।

शाखा सदस्यहरुमा सुलोचना अर्याल,पुष्कर बस्नेत,रामचन्द्र दुलाल,फणिन्द्र फुयाल,राजेश भण्डारी, अजित अधिकारी,मुकुन्द भुषाल,विष्णुकुमार गिरी,हेमवहादुर राना र अम्बिका घिमिरे निर्वाचित भएका छन् ।

काठमाडौं शाखामा करिव १४ सय सदस्य रहेको भए पनि निर्वाचनमा ८७८ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।

तपाइको मत