१ चैत ०७६, सप्तरी । डाक्नेश्वरी नगरपालिका ९ मा छोरा अपहरणमा परेको भन्दै उजुरी दिने बुवालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो १२ वर्षीय छोरा अपहरणमा परेको भन्दै झुठो उजुरी दिने जासर मियाँलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले अपहरणमा परेको भनिएका बालक मियाँकै आफन्तको घरमा रहेको फेला परेपछि उनलाई नियन्त्रणमा लिएको हो ।
कोठाभित्र सुतिराखेको अवस्थामा छोरालाई मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले अपहरण गरेको भनी मियाँले प्रहरीमा मौखिक उजुरी गरेका थिए ।
बालकका बुवाले सुरक्षा बेश क्याम्प पथ्थरगाडामा मौखिक जाहेरी दिएपछि प्रहरीले तत्काल घटनाबारे अनुसन्धान सुरु गरेको थियो ।
अपहरणमा परेको भनिएको बालकले आफूलाई कसैले अपहरण नगरेको बताएका छन् ।
उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।