जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

१८ फागुन ०७६, सप्तरी । कोशी टप्पु वन्यजन्तु आरक्षकाेे जङ्गली हात्तीको आक्रमणबाट शनिबार सप्तरीमा एक महिलाको मृत्यु भएको छ ।

घाँस काट्न आरक्षमा पसेकी कञ्चनरुप नगरपालिका वडा नम्वर ५ की ४१ वर्षीया चन्द्रिका देवी मुखिया जङ्गली हात्तीकाे आक्रमणमा परेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी तिलक भारतीले आक्रमणमा परेेेेकी मुखियाको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन ।

प्रवक्ता भारतीकाअनुसार प्रहरी चौकी धरमपुर र ईलाका प्रहरी कार्यालय कञ्चनरूपबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

सप्तरीको उत्तरी–पूर्वी भेगका बासिन्दाका लागि कोशी टप्पु वन्यजन्तु आरक्षको जङ्गली हात्ती अभिशाप बनेको स्थानीय बताउँछन् ।

सप्तकोशी, कञ्चनरुप, खडक, शम्भुनाथ र सुरुङ्गा नगरपालिका तथा तिरहुँत, रुपनी र महादेवा गाउँपालिकामा हात्तीले दिनहुँजसो आतंक मचाउँदै आएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार सो भेगमा हात्तीको आक्रमणमा परेेर २२ भन्दाबढी व्यक्तिकाे ज्यान गइसकेको छ ।

स्थानीय, प्रदेश र संघ सरकारले जङ्गली हात्ती नियन्त्रण गर्नेतर्फ ठोस पहल नगरेको स्थानीय जनगुनासाे रहेको छ ।