१२ जेठ ०७४, जनकपुर । नेकपा एमालेले प्रमुख जिल्ला अधिकारीमार्फत् जनकपुरलाई महानगरपालिका बनाउन सरकार समक्ष ज्ञापनपत्र समेत बुझाएको छ ।
एमालेले स्थानीय तह बढाउन आवश्यक नरहेको र बढाउने नै हो भने जनकपुरलाई उपमहानगरपालिका बनाउनुपर्ने माग राखेको छ ।
एमालेले जनकपुरलाई महानगरपालिका बनाउन माग गर्दै शुक्रवार जनकपुरमा प्रदर्शन गरेको छ ।
एमाले धनुषा जिल्ला कमिटीको आह्वानमा जनकपुरलाई महानगर बनाउन माग गर्दै जुलुस प्रदर्शन भएको हो ।
जुलुसको नेतृत्व केन्द्रीय सदस्य जुलीकुमारी महतो,जिल्ला अध्यक्ष राजकिशोर यादव लगायलते गरेका थिए ।
एमालेले रघुनाथपुपरलाई गाउँपालिकानै कायम गर्न भनी स्थानीय जनताले गरेको मागमा ऐक्यबद्धता प्रकट गरेको प्रदर्शनपछि युवा संघका सचिवालय सदस्य सन्जिकुमार झाले बताए ।
रघुनाथपुरलाई कांग्रेसको अनुकुलताका लागि तोडफोड गरिएको भन्दै त्यहाँ आन्दोलन भइरहेको छ ।