जनताको सेवा गर्न तयार नहुने कर्मचारीमाथि कार्वाही गर्ने मन्त्री बस्नेतको चेतावनी

२३ साउन ०७४, काठमाडौं । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले सबै कर्मचारीलाई जनताको सेवामा हाजिर हुन तयार हुन निर्देशन दिदै जनताको सेवा गर्न तयार नहुनेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

काठमाडौंमा सोमबार आयोजित साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले जनताको सेवा गर्न तयार कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् ।

मन्त्री बस्नेतले दुर्गम क्षेत्रमा जनताको सेवा गर्ने कर्मचारीहरुको सेवा, सुविधा बढाउन सरकार तयार रहेको समेत बताए ।

‘कर्मचारीहरु जनताको सेवा गर्न तयार हुनुपर्छ,’ उनले भने, ‘सरकार दुर्गम भेगमा जाने कर्मचारीको सेवा, सुविधा बढाउन तयार छ ।’

जतिसक्दो छिटो स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री बस्नेतले अन्तरिम व्यवस्था गरेर भएपनि स्थानीय तहमा कर्मचारी पठाउन सरकारले तयारी गरिरहेको स्पष्ट पारे ।

 

तपाइको मत