जनप्रिय गायिका हेलिन बोलेकको निधन

काठमाडौं । टर्कीमा प्रतिबन्धित ग्रुप योरम (लोकसंगीत समूह)की एक सदस्य जनप्रिय गायिका/संगीतकर्मी हेलिन बोलेकको निधन भएको छ ।

जनजागरणका गीत गाउने २८ वर्षीया हेलिनको गत शुक्रबार भोक हडतालको २८८औं दिनमा निधन भएको हो ।

सरकारसँग आफ्नो समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा हुनुपर्ने माग राख्दै जनवरी १९ देखि भोक हडताल बसेकी टर्कीका जनताको मानसपटलमा डेरा जमाइसकेकी गायिका हेलिनको अन्नतः अप्रिल ३ मा निधन भयो ।

टर्की सरकारले यो “ग्रुप योरम”लाई क्रान्तिकारी जनताको लिबरेशन पार्टी/फ्रन्ट (डीएचकेपी/सी)सँग निकटता रहेको आरोप लगाउँदै आइरहेको छ ।

मार्क्सवादी–लेलिनवादी विचारलाई मान्ने यो समूहलाई टर्की, संयुक्त राज्य अमेरिका र युरोपियन युनियनले आतंकवादी संगठन भनेका छन् ।