जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरु उल्टाउन ठूलै शक्ति क्रियाशील !

२८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको केन्द्रीय पदाधिकारी बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन गर्दै माओवादी जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरु उल्टाउन ठूलै शक्ति क्रियाशील भइरहेको बताएका छन् ।

Parti office

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक लगायतका एजेण्डाहरु माओवादी जनयुद्ध र त्यसको बलमा भएको दोस्रो जनआन्दोलनको उपलब्धि हो भन्दै उनले त्यसलाई उल्ट्याउने कोशिस भइरहेको बताए ।

‘जे जति उपलब्धीहरु छन् । ती सबै माओवादीका कारण सम्भव भएका हुन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ठूला भनिएका दलहरुले यो ल्याएको पनि होइन, उनीहरुलाई त्यसको चिन्ता पनि छैन ।’

स्थानीय तहको चुनाब चैतमा नहुने लगभग पक्का भइसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले आगामी बैशाख वा जेठ पहिलो साता चुनाब गर्ने तयारीका साथ सरकार क्रियाशील रहेको बताउँदै आगामी चुनाबमा पहिलो पार्टी बन्ने लक्ष्यसहित क्रियाशील हुन निर्देशन दिए । साथै उनले स्ववियु चुनाव जनमत नाप्ने व्यारोमिटर हो भन्दै स्ववियु चुनावमा होमिन निर्देशन दिए ।

तपाइको मत