जर्नेल शाहीको प्रतिरक्षामा उभियो नेपाली सेना

२ जेठ, काठमाडौं । रक्षामन्त्री भीम रावलले भुकम्पपिडितका लागि गरिएको च्यारिटी कार्यक्रममा भाग लिन आएकी भारतीय हिराइन सोनाक्षी सिन्हालाई नेपाली सेनाका जर्नेल समीर शाहीले विमानस्थलमा स्वागत गर्न पुगेको विषयको जनस्तरमै आलोचना भए पछि जंगी अड्डालाई लिखित स्पष्टिकरण सोधिएको बताएका छन् ।

web pic1

नेपाली सेनाका प्रवक्ता तारावहादुर कार्कीले सेनाका जर्नेल शाही त्यहिँ कार्यरत भएको बताउँदै हिरोइनको स्वागतमा गएको विषयलाई प्रतिरक्षा गरेको छ ।

भूकम्पपीडितको सहयोगका लागि भन्दै सैनिक श्रीमती संघद्वारा आयोजित एक सांस्कृतिक कार्यक्रममा भाग लिन बलिउडका नायिकाद्वय सोनिक्षी सिन्हा र मलाइका अरोरा काठमाडौं आएका थिए ।

तपाइको मत