२३ असोज ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै खतरामा परेको बताएका छन् ।
बिहीबार बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदको अध्यक्षतामा बसेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७५औँं सत्रको संयोजनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
जलवायु परिवर्तनसम्बन्धी उच्च नेतृत्वको कार्यक्रम (क्लाइमेट भल्नरेवल फोरम)मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बढ्दो तापमान, समुद्री सतहको बढोत्तरी र हिमनदीहरू पग्लनेजस्ता जलवायु परिवर्तनले देखाएको अस्तित्वगत खतराका कारण उच्च हिमाली सभ्यताको जीवन र जीविकामा गहिरो असर पारेको बताएका थिए ।
उनले पेरिस सम्झौताको पूर्ण र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै अर्को वर्ष कोप २६ सम्मेलनमा जलवायु कार्यसूचीलाई उच्च विश्वव्यापी राजनीतिक ‘एजेन्डा’ बनाउनुपर्ने जोड दिएका थिए ।
यस वर्ष कोभिड–१९ को संकटले मानव जीवन र अर्थ व्यवस्थालाई तहसनहस पारेको दोहो¥याउँदै प्रधानमन्त्री ओलीले यो महामारी हरित, दिगो स्वास्थ्य र अर्थ व्यवस्थाका लागि अवसर हुन सक्ने समेत बताए
।