१० फागुन ०७७, काठमाडौं । अखिल नेपाल पसल तथा सेल्स मजदुर संघ, भाटभटेनी मूल इकाई कमिटीको भेलाले जसदिप राईको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
सोमबार बालुवाटारको एक व्याक्वेटमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाको प्रमुख आतिथ्यमा भएको भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर मूल इकाई कमिटीको भेलाले राईकाे अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
राई अध्यक्ष रहेको मूल कमिटीको उपाध्यक्ष मिना पौडेल, मिना केसी, जमुना भण्डारी, विकास र सचिव सर्मिला तामाङ साथै सहसचिव सरस्वती मगर, कोषाध्यक्ष विष्णु जमकट्टेल सर्वसम्मत चयन भएका छन् ।
यस्तै भेलाबाट सदस्यहरुमा शान्ति राई, ज्ञानु चौधरी, क्रान्ति न्यौपाने, अम्बिका भट्टराई, गोमा गुरुङ, मधु परियार, गोमा अधिकारी, प्यान्टुलु महर्जन, कविता अधिकारी, अञ्जली खत्री, विन्दु खनाल, इन्दिरा पोखरेल, सम्झना पण्डित, सुमित्रा, सिताराम तामाङ, आकृति गुरुङ, रुपा महर्जन, सुस्मिता भण्डारी, दिनेश मगर चयन भएका छन् ।
भेलामा अखिल नेपाल पसल तथा सेल्स मजदुर संघका अध्यक्ष भेषराज दाहालले नयाँ कार्य समितिको प्यानल प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले पास भएको थियो ।
भाटभटेनीमा कार्यरत तीन सय ५० भन्दा बढी श्रमिकहरुको सहभागिता रहेको उक्त भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाको प्रमुख आतिथ्य साथै महासंघका उपाध्यक्ष एसबी थापा मगर, उपमहासचिवद्वय शालिकराम काफ्ले, प्रकाश श्रेष्ठ, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघका अध्यक्ष माधव पाण्डे, उपाध्यक्ष कुमार पन्त, अखिल नेपाल पसल तथा सेल्स मजदुर संघका अध्यक्ष भेषराज दाहाल, सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरका एचआर मनोज अधिकारीसहित चाटर्ड एकाउन्टेन्ट अनिल खरेलको आतिथ्यता रहेको थियो ।