२७ पुस ०७९, जनकपुरधाम । जनता समाजवादी पार्टीका संसदीय दल नेता सरोज यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मधेश प्रदेश सभाका १०७ सदस्यमध्ये ६३ सांसदको हस्ताक्षरसहित यादवले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । यो प्रदेशसभामा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक पर्छ ।
उनलाई जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ तथा स्वतन्त्र प्रदेशसभा सदस्य गरी ६३ जनाले समर्थन गरेका छन् ।














