जसपाको सिफारिसमा लीलादेवी सिटौला प्रतिनिधिसभा सदस्य निर्वाचित

१२ साउन ०७७, काठमाडौं । निर्वाचन आयोगले लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ ।

जनता समाजवादी पार्टीको सिफारिसमा आयोगले सरिता गिरीको स्थानमा समानुपातिक अन्तर्गत खस–आर्य समूहको रिक्त सांसद पदमा सिटौलालाई निर्वाचित भएको घोषणा गरेको हो ।

जसपाको समानुपातिक सांसद रहेकी सरिता गिरीले हालै नेपालको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने प्रक्रियामा पार्टीको ह्वीप उल्लङ्घन गरेपछि उनलाई पार्टीले सांसद पद नरहने गरी कारबाही गरेको थियो ।