२५ माघ ०७७, बुटवल । जनता समाजवादी पार्टी (जसपा)ले रुपन्देहीका १६ वटै स्थानीय तहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
प्रतिनिधि सभा विघटन र संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिलाई असंवैधानिक र प्रतिगामी भन्दै जसपाले आइतबार प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
जसपा रुपन्देही इन्चार्ज देबेन्द्र पाण्डेले साँझ ५ बजेपछि १६ वटै स्थानीय तहमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको जानकारी दिए ।
उनले पुत्ला दहन कार्यक्रममा स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि समेतको उपस्थिति रहेको बताए ।