५ फागुन ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमलाई अलोकतान्त्रिक एवम् प्रतिगामी कदम भन्दै विरोधमा उत्रिएको जनता समाजवादी पार्टी (जसपा)ले प्रदर्शन तथा विरोधसभा गर्ने भएको छ ।
बुधबार काठमाडौंमा बसेको जसपाको पदाधिकारी बैठकले संघर्षका कार्यक्रमलाई निरन्तरता दिँदै फागुन ९ गते सबै महानगर, उपमहानगर, नगर र गाउँपालिकामा जनप्रदर्शन र विरोध सभा गर्ने निर्णय गरेको हो ।
जसपाका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार पार्टी निकट जनसंगठनहरू र काठमाडौं उपत्यकाका तीन वटै जिल्ला कमिटीले फागुन गते रत्नपार्कमा विरोध प्रदर्शन र सभा गर्नेछ ।
गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेसँगै जसपाले निरन्तर विरोध कार्यक्रम गर्दै आएको छ ।