१३ पुस ०७९, काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।
प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार संसदीय दलको नेतामा बारा निर्वाचन क्षेत्र नम्बर २ का सांसद यादव निर्वाचित भएका हुन् ।
जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आएका थिए ।
प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् ।













