जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु

१ पुस ०७५, राजविराज । सप्तरीको बोदे बर्साईन नगरपालिका ५ जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

च्याम्पियन स्टार क्रिकेट टिमद्वारा संचालित क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बैरिया बिजयी भएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको बैरियाले निर्धारित २० ओभरमा अलआउट हुँदै २१० रनको योगफल बनाएको थियो । जसमा बैरियाका बिशालले सतक जोडेको थियो भने राजेशले ४९ र मुन्ना खानले २० र गोबिन्दले १० रनको योगदान थियो । लौकहीका प्रदीप ३, जिया अन्सारी र रफिक नाज २÷२, मनोज र मन्जरले १÷१ बिकेट हात पारेको थियो ।

प्रतिउत्तरमा २११ रनको बिजयी लक्ष्यसहित मैदान उत्रेको लौकही टिमले अलआउट हुदै १०५ रन मात्र बनाउन सक्यो । जसमा लौकहीका अजितले सर्बाधिक २१ रन बनाएको थियो भने प्रदीप कुमार १८ र जिया अन्सारीले १३ रन र सुभाष १२ रनको योगदान गरेको थियो । लौकहीलाई सस्तैमा समेटिन बैरियाका रबिन्दर ३, राजेश, आकाश र प्रियान्सले समान २÷२ तथा राजेशले १ बिकेट लिएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच बैरियाका विशाल घोषित भए ।

प्रतियोगिताको बिजेताले रु. ५१ हजार र मेडल हात पार्नेछन् भने उपबिजेताले रु. ३१ हजार हात पार्नेछन् ।

तपाइको मत