
काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले ललितपुरको जाउलाखेल चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बिगत २१ बर्षदेखि सौन्दर्य क्षेत्रमा नेपालकै उत्कृष्ट ब्यूटिपार्लर एण्ड ट्रेनिङ्ग सेन्टर बन्न सफल प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले सौन्दर्यका पारखीहरुका लागि सेवा साथै सौन्दर्यलाई पेशा बनाउन चाहनेहरुका लागि तालिमको समेत ब्यबस्था गर्दै आएको छ ।

प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरकी अध्यक्ष रेनु राना मगर (शाक्य)का अनुसार प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले ७ हजार भन्दा बढीलाई सौन्दर्यकला सिप सिकाएर सम्बन्धित पेशामा दक्ष एवम् आत्मनिर्भर बनाइसकेको छ ।
उनले यस पार्लरमा अन्तर्राष्ट्रियस्तरको प्रविधि र अनुभवी सौन्दर्यकर्मीद्वारा सेवा सुविधा उपलब्ध गराइने बताइन् ।













