जापानमा भूकम्पबाट ज्यान जानेको सङ्ख्या २१ पुग्यो

४ बैशाख, ओसाका, । जापानको दक्षिण भूभागमा तीन दिनयतादेखि बारम्बार भूकम्प गइरहेको छ । क्युसु क्षेत्रमा शनिबार बिहान ७.३ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको शनिबार बिहानीपख अर्काे शक्तिशाली भूकम्प गएको र त्यसका कारण जनधनको ठूलो क्षति पुगेको छ ।

अहिलेसम्म जापानी सञ्चार माध्यमहरुले बिहीबारैदेखिका पटक-पटकका भूकम्पबाट ज्यान जानेको सङ्ख्या २१ पुगेको जनाएका छन् । एउटा स्थानीय भवनमा कैयौं व्यक्ति च्यापिएर रहेका बताइएको छ ।

रातिको समयमा भूकम्प आएपछि यसका कारण भाग्ने क्रममा सयौं व्यक्ति घाइते भएका तर घाइतेको पूरै सङ्ख्या दिन अस्पतालहरुले सकिरहेका छैनन् ।

जापानको दक्षिणपश्चिमी द्वीप क्युसुमा स्थानीय समयानुसार बिहीबार राती ९ः२६ बजे  ६.४ रिक्टर स्केलको भूकम्प गएको थियो । राजधानी टोकियोबाट शुक्रबार प्राप्त समाचारमा उक्त द्वीपमा सो भूकम्पबाट आसपासको क्षेत्रमा समेत बिजुली आपूर्ति बन्द भएको छ । कैयौं कम्पनीमा क्षति पुगेको छ ।

बिहीबार साँझ गएको भूकम्पको करिब आधा घन्टापछि ५.७ रिक्टर स्केलको पराकम्पन आएको थियो । त्यसपछि शनिबार बिहानीपख अर्काे शक्तिशाली भूकम्प गएको भूकम्पले ठूलो क्षति पुगेको बताइएको छ । साथै, २० हजार भन्दा बढी सुरक्षाकर्मीले उद्वारको काम गरिरहेका बताइएको छ ।

गएराति सडकमै रात बिताएका हजारौं नागरिक शनिबार दिउसोसम्म पनि घरभित्र पस्न सकिरहेका छैनन् । एएफपी/सिन्ह्वा

तपाइको मत