लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक छन् -डा. मासारु इवानागा

२६ कार्तिक ०७६, काठमाडौं । जापानका प्रेसिडन्ट अफ जापान इन्टरनेशनल रिसर्च सेन्टर फर एग्रिकल्चरल साइन्सेज डा. मासारु इवानागाले जापानी लगानीकर्ता नेपालमा लगानी गर्न आउन इच्छुक र उत्सुक रहेको बताएका छन् ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवसँगको शिष्टाचार भेटवार्तामा डा. इवानागाले नेपालले राजनीतिक स्थिरता हासिल गरी कानून र पूर्वाधार निर्माणमा लगानीको वातावरण सुध्रिएकाले जापानी लगानीकर्ताहरु हौसिएर नेपालमा लगानी गर्न तयार रहेको जानकारी दिए ।

भेटमा मन्त्री यादवले नेपालको उन्नति र प्रगतिमा हालसम्म जापानले गरेको सहयोगको उच्च मूल्यांकन गर्दै कृषिको मूल्य अभिवृद्धि हुने क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए ।

नेपालमा राजनीतिक स्थिरता, कानूनी एवं संरचनागत सुधारले विदेशी लगानीको वातावरण निर्माण भएको जानकारी गराउँदै मन्त्री यादवले जापानको सरकारी र निजी दुबै स्तरबाट नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।

सो भेटमा नेपालका लागि जापानी राजदूत मासामिची सैगोको पनि सहभागीता थियो ।

तपाइको मत