१२ मंसिर, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले आइतबारको मन्त्रिपरिषद् बैठकले सुरुङ मार्ग निर्माणका लागि जापान सरकारले दिएको १७ अर्ब ऋण सहायता स्वीकार गरेको जानकारी दिएका छन् ।
सीतापाइला- नौबिसे सुरुङ निर्माणका लागि जापानले १७ अर्ब रुपैयाँ ऋण दिने भएको छ । योसँगै नेपालमै पहिलो पटक सडकमा आधारित सुरुङमार्ग निर्माणको प्रक्रिया सुरु हुनेछ ।
काठमाडौंको सितापाइलाबाट धादिङको नौबिससम्मको २.६ किलोमिटर लम्बइको यो सुरुङ मार्ग निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्ने अर्थ मन्त्रालयको अनुमान छ ।
जापानले २ वर्षअघि नै सुरुङमार्ग निर्माणका लागि ऋण उपलब्ध गराउने घोषणा गरेको थियो ।













