जिल्ला अदालत रुकुममा कार्यरत नासु १५ हजार घुससहित पक्राउ

२४ कार्तिक ०७६, काठमाडौं । जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुव्बा रमेशकुमार खड्का १५ हजार घुससहित पक्राउ परेका छन् ।

अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई सेवाग्राहीसँग मोलमोलाइ गरी १५ हजार घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

नासु खड्काले सेवाग्राहीसँग ६० हजारबाट बार्गेनिङ सुरु गरेपनि अन्तिममा १५ हजारमा सहमति गरेको सूचनाका आधारमा रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं १ खलंगा स्थित, राप्ती होटल एण्ड लज अगाडि जिल्ला प्रहरी कार्यालय जानेबाटोबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको मत