जिल्ला बाहिरबाट मतदाता नामावली दर्ता हुने, समयावधि पनि थपियाे

४ साउन ०७४, काठमाडौं । निर्वाचन आयोगले स्थायी बसाेबास भएकाे जिल्ला बाहिरबाट समेत मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको छ ।

अायाेगले नामावली संकलनको समयावधि थप्दै त्यसका लागि गाउँपालिका र नगरपालिकाका केन्द्रमा टोली पठाउने निर्णय समेत गरेको छ ।

आयोगले यसअघि प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै साउन १ देखि १५ गतेसम्म मतदाता नामावली संकलन गर्ने बताएकोमा साउन ३२ सम्मलाई समय बढाएको हो ।

पहिलो र दोस्रो दिनमा करिब २० हजार मतदाताले नाम दर्ता गराएको रेकर्ड आयोगलाई प्राप्त भएको बताइएकाे छ ।

तपाइको मत