जुवाको खालबाट २६ जना जुवाडे पक्राउ

४ कार्तिक ०७४, बुटवल । जुवाको खालबाट साढे ९ लाख नगदसहित २६ जना पक्राउ परेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ स्थित मणिग्रामका मनिष अधिकारीको घरमा जुवा खेलिरहेका २६ जनालाई साढे ९ लाख नगदसहित प्रहरीले गएराती २ बजेको समयमा पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) पवनकुमार भट्टराइले उनीहरुको ९ लाख ४६ हजार १९५ रुपैयाँ र कौडा १६ थान साथै, तास समेत बरामद गरिएको जानकारी दिए ।

जुवा ऐन अन्तर्गत उनीहरुलाई कारबाही हुने डीएसपी भट्टराईले बताए । पक्राउ परेका सबै इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

तपाइको मत