२० कार्तिक ०८१, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’लाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।
न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई मंगलबार सदर गरेको हो ।
उच्च अदालत पाटनले गुरुङलाई २०७८ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।
राजीव गुरुङसहित उनको समूहका युवाहरुलाई २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।
प्रदेशसभा सदस्य निर्वाचनामा मनाङबाट दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।