५ साउन ०७९, काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झण्डावाल सवारीसाधनलाई सरकारी विदाका दिन अवरोध नगर्न परिपत्र गरेको छ ।
निजी सुरक्षा अधिकृत लिएर हिँड्ने सुरक्षा निकायका लागि पास आवश्यक नपर्ने राष्ट्रिय झण्डा भएका सवारीलाई विदाका दिन अवरोध नगर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई परिपत्र गरेको हो ।
गत शनिबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ सवार गाडीलाई स्थानीयले धरानको भानु चोकमा सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै अवरोध गरेका थिए ।
गृह मन्त्रालयका गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाका अनुसार यू ट्युवर र सामाजिक अभियान्ता बताउने समूहहरुले विदाका दिन सरकारी सवारी साधन चलाउँदा चाबी खोसेर हैरानी दिएको सूचनाहरू मन्त्रालय आउने गरेको छ ।













