१६ बैशाख ०७४, झापा । झापाको शिवसताक्षी नगरपालिकाबाट १ किलो सुनसहित तीन जना पक्राउ परेका छन् ।
चन्द्रगढी विमानस्थलबाट एक किलो चाँदीसहित दुई जनालाई पक्राउ गरिएको दुई दिन पनि बित्न नपाउँदै सुन पनि समातिएको हो ।
शनिबार इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले चेकचाँजको क्रममा सुनसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता हरिराज शर्माले बताए ।
प्रहरीले पक्राउ पर्नेहरुको नाम भने खुलाएको छैन । ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ’, शर्माले भने ।
प्रहरीले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै झापामा सुरक्षा व्यवस्था कडा पारेको छ । र, जिल्लाको विभिन्न ठाउँमा चेक पोइन्ट खडा गरिएको छ ।