टीकापुर घटनाका मुख्य आरोपी चौधरीसहित २४ जना कारागारभित्रै अनशनमा

२० फागुन ०७४, काठमाडौं । टीकापुर घटनाका मुख्य आरोपी तथा  कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद्  रेशम चौधरीसहित २४ जना बन्दीले कारागारमा अनशन सुरु गरेका छन् ।

टीकापुर घटनाका मुख्य आरोपी चौधरीसहित टीकापुर काण्डमा पुर्पक्षका लागि थुनामा रहेका २४ जना अनशनमा बसेको हुन् ।

सांसद् चौधरीले संसदमा शपथ लिन पाउनुपर्ने, टीकापुर घटनाका सबै बन्दीलाई रिहाइ गर्नुपर्नेलगायतका माग राखी साँझ ५ बजेर ४० मिनेटदेखि अनशनमा बसेको कैलाली प्रहरी प्रवक्ता सागर बोहराले बताए ।

लामो समयदेखि फरार रहेका सांसद् चौधरीले गत १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । कारागार प्रशासनले भने यस विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

तपाइको मत