टेलिकमको एसएमएस सेवा आइतबारदेखि मंगलबारसम्म निःशुल्क

२९ साउन ०७४, काठमाडौं । नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा आइतबारदेखि ३१ गते मंगलबारसम्म निःशुल्क गरेको छ ।

बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो । अब देशभर म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन । टेलिकमबाट टेेलिकमकै मोबाइलमा एसएमएस गर्दा मात्रै यो सुविधा पाइनेछ ।

बाढी र पहिरो पीडितलाई ध्यानमा राखेर यो सेवाको घोषणा गरिएको भन्दै अन्य क्षेत्रका ग्राहकले दुरुपयोग नगरिदिन टेलिकमका सह-प्रवक्ता सोभन अधिकारीले आग्रह गरे ।

सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गरेका हुन् ।आइतबारदेखि लागू भएको यो ब्यवस्था ३१ गते मंगलबारसम्म लागू हुनेछ ।

 

 

 

तपाइको मत