ट्रकको ठक्करबाट एसइई परीक्षार्थीको ज्यान गयो

७ चैत्र, राजविराज । ट्रकको ठक्करबाट एक एसइई परीक्षार्थीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा सोमबार बिहान ट्रकको ठक्करबाट एक एसइई परीक्षार्थीको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ की १६ वर्षीया नितुकुमारी ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ठाकुर रुपनगरस्थित शंकर उच्च माविमा परीक्षा दिन भारदहको बिपी मावि परीक्षा केन्द्रबाट जाँदै गर्दा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय कञ्चनपपुरले जनाएको छ ।

तपाइको मत