१७ फागुन ०७४, काठमाडौं । ट्राफिक प्रहरीले आज ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने र जबर्जस्ती रंग दल्ने तथा लोला हान्नेलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले होलीको अवसरमा ट्राफिक नियम उल्लंघन गरी चलाएका ८ सय ६ वटा सवारी साधन र जबर्जस्ती रंग दल्ने तथा लोला हान्ने २ सय ७५ जना पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ट्राफिक नियम उल्लंघन तथा मादक पदार्थ सेवन गरी चलाएका सवारीसाधनलाई नियन्त्रणमा लिइएको र इच्छा विपरीत जबर्जस्ती रंग दल्ने तथा लोला हान्नेलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । उनीहरूमाथि सार्वजनिक अपराध एेन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ ।













