ट्राफिक व्यवस्थापन अनुगमनमा एसएसपी सर्वेन्द्र खनाल फिल्डमा  

१७ साउन ०७४, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी सर्वेन्द्र खनाल  ट्राफिक व्यवस्थापन सम्बन्धी अनुगमनमा फिल्डमा निस्किएका छन् ।

मंगलबार बिहान केही दिनभित्रै उपत्यकाको बढ्दो ट्राफिक समस्या समाधान कसरी  गर्न सकिन्छ भन्नेबारे अनुगमनका लागि फिल्डमा निस्किएका हुन् ।

साताअघि प्रहरी प्रधान कार्यालयले खनाललाई उपत्यकामा बढ्नो सवारी जाम हटाउने जिम्मेवारीसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाको निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो ।

हिजो मात्रै ट्राफिक व्यवस्थापन सम्बन्धि कार्यक्रम आयोजना गरी खनालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको काममा केहीदिन भित्रै सुधार आउने दावी गरेका थिए ।

खनालले आफूले ट्राफिक व्यवस्थापन सुधारका लागि आवश्यक वातावरण बनाउने काम सुरु गरिसकेको पनि बताएका थिए ।

 

 

 

तपाइको मत