२२ कार्तिक ०७७, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआईजी विश्वराज पोखरेलले ट्राफिक सचेतना अभिवृद्धिका लागि सांगीतिक डमी अभियान सुरु गरेको बताएका छन् ।
महाशाखामा आयोजित अभियान उद्घाटन कार्यक्रममा डीआईजी पोखरेलले यस्तो बताएका हुन् ।
उनले शनिबारदेखि गीतबाट सडक प्रयोगकर्तालाई ट्राफिक नियम सिकाउन यो अभियान सञ्चालन गरिएको जानकारी दिए ।
यस्तै राष्ट्रिय कलाकारहरूको स्वरमा सन्देशसहितका अडियो तयार पारिएको भन्दै उनले दैनिक ६ घण्टा बानेश्वर, कोटेश्वर, रत्नपार्क, कंलकी र नयाँ बसपार्कमा डमीले अडियो सन्देश प्रवाह गर्ने बताए ।
डीआईजी पोखरेलले “डमी ट्राफिक” सफल भएपछि सांगीतिक अभियान सञ्चालन गरिएको बताए ।