८ बैशाख ०७७, काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)का अध्यक्ष पुष्कर आचार्यले रोजगारदाहसँग श्रमिकको तलब कटौतीबारे कुनै सहमति नभएको जनाएको छ ।
नेपालका ट्रेड युनियनहरुको साझा संस्था जेटीयुसीसी रोजगारदाता, सरकार र सरोकारवालासँग बैठक गरी कोरोना भाइरसबिरुद्ध लड्न प्रतिबद्ध रहेको भन्दै अध्क्षय श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गरी श्रमिकको तलब सुविधा कटौतीसम्बन्धी अनाधिकारिक समाचारको पछाडि नलाग्न सुझाएका छन् ।
“ट्रेड युनियनहरु र रोजगारदाताहरु बिच अमिकहरुको तलब कटौती गर्ने विषयमा कुनैपनि सहमति भएका छैनन्,” आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “अनाधिकारिक समाचारको पछाडि नलाग्न सम्पूर्ण श्रमिक तथा रोजगारदाताहरुमा आह्वान समेत गर्न चाहान्छौं ।”
“कोरोना भाईरस विरुद्धको संघर्षमा विश्व नै लकडाउन भएको परिस्थितिमा श्रमजीवी वर्गको समृद्धिका लागि साझा ढंले क्रियाशील रहेका नेपालका सम्पूर्ण ट्रेड युनियन महासंघहरुको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी) ले यस अघि नै आफ्ना सुझाव सल्लाहसहित आफ्ना माग समावेश गरी ज्ञापन पत्र नेपाल सरकारलाई पेश गरेको” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आइतबार ट्रेड युनियनहरु श्रमिकले खाईपाई आएको तलब कटौती गर्न सहमत भएको भनी एक अनलाइनमा समाचार प्रकाशित भएको थियो ।
यस्तै सत्तारुढ दल निकट ट्रेड युनियन निकटका सहसंयोजक समेत रहेका अन्टुफ अध्यक्ष जगत सिम्खडाले गलत प्रचारले नेपाली ट्रेड युनियन आन्दोलनलाई कसैले कमजोर बनाउन नसक्ने बताएका छन् ।
अध्यक्ष सिम्खडाले मजदुर बिरोधी कुनै पनि छलफल बैठक र निर्णयमा अन्टुफ सामेल नभएको र सबै महासंघहरुको एउटै आवाज रहेको अवस्थामा दरार पैदा गराउन आधारहीन प्रचार गरिएको बताए ।
विज्ञप्तिको पूर्णपाठ :