२९ असार ०७५, काठमाडौं । नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) हडतालमा उत्रिएको छ ।
डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था एनआरडीए हडतालमा उत्रिएको हो ।
एनआरडीएले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारी रबैयाका कारण आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठोर बाटो रोजेको जनाएको छ ।
‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं ।’ विज्ञप्तिमा भनिएको छ ।
डा. केसी १४ दिनदेखि जुम्लामा अनशनरत रहे पनि उनका मागबारे सरकारी पक्षसँग वार्ता हुन सकेको छैन् ।













