२६ चैत, काठमाडौं । युवा अवस्थामा प्रवेश गरेपछि मानिसको अनुहारमा डण्डीफोर आउँछ । यसले कतिपयको अनुहारै कुरुप बनाइदिन्छ । डण्डीफोर आउँदा डण्डीफोर हटाउने नाममा जथाभावी औषधि प्रयोग गर्ने, हातले चलाउने र जबजस्ती निर्चोेर्ने काम गर्नु हुँदैन ।
युवा अवस्थामा डण्डीफोर आउनुको कारणहरु जानी राखौं ।
–युवावस्थामा हार्मोनको बृद्धि
-पेटको खराबी
-रगतको कमी
-छाला फोहोर हुनु
-विभिन्न प्रकारका क्रिम मलमको प्रयोग
-भिटामिन ‘ए’को कमी
-चिल्लो पदार्थको बढी सेवन
-सम्भोगको अति चाहना
-बढी हस्तमैथुन
-कामोत्तेजक साहित्य
-महिनावारीमा खराबी
-पेय पदार्थको असर
डण्डीफोरबाट कसरी बच्ने ?
डण्डीफोरबाट बच्न सुत्नुअघि तातो पानीले मुख धुने र अनुहारमा तातो पानीको बाफ दिने, बिहान सबेरै उठ्ने बानी बसाल्नु पर्छ । त्यस्तै सुत्नुभन्दा अगाडि जैतुनको तेल अथवा जाइफल दुधमा घोटेर लगाउनाले पनि डण्डीफोरको फैलावटका कमी आउने गर्छ । स्वास्थ्य खबरपत्रिकामा खबर छ ।