७ असार ०७६, राजविराज । राजविराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनमा सप्तरी प्रिमियर लिग सिजन २ अन्र्तगतको अन्तिम लिग खेलमा डाक्नेश्वनरीले रोमान्चक खेलमा तिलाठि कोईलाडिलाई ३ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।
प.बि.मा.बि.को क्रिकेट मैदानमा संचालित खेलमा तिलाठी कोईलाडि जाईन्टसले टस जिती पहिलो बयाटिंगको लागि डाक्नेश्वरी राईडसलाई ब्याटिंगको लागि निम्तो दिए पछि ब्याटिंगको लागि मैदानमा ओर्लेको डाक्नेश्वरीले निर्धारित २० ओभरको खेलमा १९ ओभर ५ बलमा आफनो सम्पुर्ण बिकेट गुमाई १ सय २ रनमै समेटिएको थियो ।
फाईनलमा पुग्न दुवै टोलीलाई जित महत्वपुर्ण रहेको अवस्थामा डाक्नेश्वरीका लागि राहुल मण्डलले २५, चित्र बहादुर बिष्ट २०, रोबिन सिंह १३ तथा प्रेम तामाङले १० रनको योगदान दिएका थिए ।
डाक्नेश्वरीलाई सस्तोमा समेटन तिलाठी कोईलाडिका तर्फबाट कमल ओलीले ४ ओभरमा ९ रन दिई ४ बिकेट लिएका थिए भने बिकास दास र सुनिल धमलाले सामान २ बिकेट तथा रोहित सिंह र अनिल यादवले सामान १ बिकेट लिएका थिए ।
डाक्नेश्वरीले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीको लागि रोहन बिकले सर्वाधिक २५ रन, सुरज पटेलले १८, कमल ओली र प्रशान्त राइले १४ रन बनाए भने राष्ट्रिय खेलाडी समेत रहेका सुनिल धमलाले २ रन मात्रै बनाउन सके ।
तिलाठी कोईलाडि जाईन्टसलाई सस्तोमा समेटन डाक्नेश्वरीका रोबिन सिंहले घातक बलिंग गर्दै ४ ओभरमा १९ रन दिई महत्वपुर्ण ४ बिकेट लिएका थिए भने राहुल मण्डलले २ विकेट तथा चित्र बहादुर बिस्ट र दिपेश कंडेलले सामान १ विकेट लिए ।
लिग चरणको खेल सकिदा अंक तालिकामा रुपनी राइडर्स ४ खेलमा ३ जित र १ नतिजा विहिन अंकसहित ७ अंक बटुल्दै शिर्षस्थानमा रह्यो । यस्तै ४ खेलमा ३ जित र १ हार बेहोरेको डाक्नेश्वरी ६ अंक बटुल्दै दोश्रो स्थानमा रह्यो । तिलाठी कोइलाडी र बोदे बर्साइनको ३र३ अंक रह्यो भने डिफेन्डिग च्याम्पियन बजाज खडक वारियर्स जित विहिन रहँदै अंकतालिकाको पुछारमा रह्यो ।
प्रतियोगिताको फाइनल खेलमा सोमबार दिउसो १२ बजे मेहबुब आलम कप्तानको रुपनी राइडर्स र पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागन बीच खेलिनेछ । लिगको विजेताले २ लाख तथा उप–विजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
फाईनल खेल आईतवार हुनेछ ।














