११ मंसिर, काठमाडौं । सरकारले डा. गोविन्द केसीसँग वार्ता गरी माग सम्बोधन गर्न वार्ता समिति बनाएको छ ।
शनिबार शिक्षासचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा डा. केसी अनसनमा बसेको १३ औं दिन वार्ता समिति बनाएको हो । दुई सदस्यीय समितिमा स्वास्थ्य मन्त्रालयका सचिव सिनेन्द्रराज उप्रेती सदस्य छन् ।
माफी नमागेसम्म वार्तामा नबस्ने डा.केसीको चेतावनी
चौध दिनदेखि अनसनरत डा. गोविन्द केसीले सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने चेतावनी दिएका छन् ।
शनिबार त्रिवि उपकुलपति तीर्थ खनियाँको राजीनामा माग गर्दै खनियाँ निवास घेर्न पुगेका केसी समर्थित ३१ जनालाई पक्राउ गरेपछि आक्रोशित भएका डा. केसीले सरकारले माफी नमागेसम्म वार्ता नगर्ने चेतावनी दिएका हुन् ।
डा. केसीले शान्तिपूर्ण आन्दोलनमा सरकारले गुण्डागर्दी शैली देखाएको भन्दै पक्राउ परेकाहरुको रिहाइसँगै सरकारले माफी नमागेसम्म वार्ताको औचित्य नभएको बताएका हुन् ।
केसी समर्थित ३१ जनालाई पक्राउ गरी कालिमाटी बृत्तमा राखिएको छ ।