डा.केसी जस्ता व्यक्तिहरु भए मात्रै देशबाट भ्रष्टाचार अन्त्य हुने – भट्टराई

१६ साउन, घोराही । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले  प्रदेश नम्बर ५ ले आइतबार दाङमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. गोविन्द केसी जस्ता व्यक्तिहरु भए मात्रै देशबाट भ्रष्टाचार अन्त्य हुने बताए ।

भट्टराईले  एक जना गोविन्द केसीले अनशन गरेर भ्रष्टाचार रोक्न गाह्रो हुने भन्दै हजारौं गोविन्द केसीहरु जन्मिनु पर्ने बताए । उनले भूकम्प, बाढी पीडित, महंगी र भ्रष्टाचारले नेपाली जनता आक्रान्त भइरहेका बेला राजनीतिक दलका नेताहरु सत्ता स्वार्थमा अलमलिएको आरोप लगाए ।

माओवादी केन्द्र अब केन्द्रमा मात्रै सीमित भइसकेको भन्दै डा. भट्टराईले नेपाली कांग्रेस बिपीको ब्याज खाएर केही समय टिकेको र एमालेको पनि हालत उहि रहेकाले अब जनताले यी सबैको विकल्प खोजेको बताए ।

डा.के.सी.

तपाइको मत