डा. गोविन्द केसी शिक्षण अस्पतल भर्ना

७ असोज ०७७, काठमाडौं । डा. गोविन्द केसीलाई शिक्षण अस्पतल महाराजगंजमा भर्ना गरिएको छ ।

जुम्लामा सत्याग्रह सुरु गरेका डा. केसीलाई स्वास्थ्यमा खराबी आएको भन्दै स्थानीय प्रशासनले आइतबार धर्मशालाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो ।

नेपालगञ्जबाट मंगलबार साँझ काठमाडौं आइपुगेका डा. केसीलाई प्रहरीले विमानस्थलबाट जबर्जस्ती ट्रमा सेन्टर पु-याएपछि उनले आफूलाई शिक्षण अस्पतल नलैजाँदासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

डा.केसीले एक वर्षपछि ६ बुँदे माग राख्दै चन्दननाथ ६, वाविरा मन्दिरको धर्मशालाबाट सत्याग्रह सुरु गरेका थिए ।

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पढाइ सञ्चालन गर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउने, पीसीआरको दायरा बढाउनु पर्ने, भ्रष्टाचारका दोषीहरुलाई कानुनबमोजिम छानविन र कारवाही गरिनु पर्ने लगायतका माग राखेका छन् ।

सत्याग्रहीलाई सम्मान गर्न त सिक

यस विषयमा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुव्र्यवहारको विरोध गरेका छन् ।

स्वास्थ्य क्षेत्रको सुधार निम्ति डा.केसीले मात्र लड्नुपर्ने भन्दै भट्टराईले ट्विटरमा लेखेका छन्, ‘यो राजाको निरंकुश पञ्चायती शासन हो ? डा. केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक !’