डा.बाबुराम भट्टराईको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

२० साउन ०७४, भक्तपुर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

शुक्रबार दिउँसो डा. भट्टराईको ‘प्रोस्टेट’को शल्यक्रिया नागरिक कम्युनिटी अस्पताल भक्तपुरमा सफलतापूर्वक भएको उनका स्वकीय सचिव विश्वदीप पाण्डेले बताए ।

पाण्डेका अनुसार डा. भट्टराई ६–७ महिनादेखि ‘प्रोस्टेट’ समस्याबाट पीडित थिए ।

चिकित्सकको सल्लाह अनुसार शुक्रबार बिहान नौ बजे अस्पताल भर्ना भएका भट्टराईको साँझ ४ बजे शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।

डा.भट्टराईकी छोरी मनुषी यमी भट्टराईका अनुसार डा. राकेश बर्माको टोलीले शल्यक्रिया गरेको हो ।

तपाइको मत