डिआईजी सिलवाल ‘क्लार्क आर वभिन बाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’बाट सम्मानित

१८ असोज, काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी)का निर्देशक तथा डिआईजी नवराज सिलवाल दक्षिण अफ्रिकाको जोहनेसवर्गमा जारी १७ औं साइटिस सम्मेलनमा ‘क्लार्क आर वभिन बाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’बाट सम्मानित भएको छ ।

dig-silwal

उक्त अवार्ड सिआईबीका निर्देशक तथा डिआईजी सिलवाललाई अमेरिकाको वासिङगटन डीसीस्थित एनिमल वेलफेयर इन्स्टिच्यूटले प्रदान गरेको हो ।

सन् २०१० देखि नेपालमा चोरी शिकार बिरुद्द बिभिन्न अपरेशनहरु सञ्चालन गरी गैडांमा शून्य चोरी शिकार बर्षहरु मनाउन उल्लेखनिय योगदान पुर्‍याउनुका साथै त्यसको निरन्तरता र अन्य वन्यजन्तुको चोरी शिकार नियन्त्रणमा उल्लेखनीय योगदानको कदर स्वरुप यो सम्मान दिएको हो ।

सिआईबी  प्रमुख सिलवालले अवार्ड ग्रहण गर्दै  ‘क्लार्क आर वभिन बाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’ पुरस्कारले सिआईबीलाई अझ उत्कृष्ट काम गर्न प्रोत्साहित गरेको बताए । यो अवार्ड हरेक ३/३ वर्षमा प्रदान गर्ने गरिन्छ ।

तपाइको मत