४ माघ, काठमाडौं । नेपाल आयल निगमको थानकोट डिपोको १८ लाख ७० हजार लिटर क्षमताको पेट्रोल भण्डार भरिएपछि आइतबारदेखि तेल ट्याङकरमा नै रहेको छ ।
भारतबाट आएको पेट्रोल डिपोमा राख्ने ठाउँ नभएपछि ट्यांकरमै रहेका कारण बुधबारदेखि तीन दिन निजी मोटरसाइकललाई तेल दिने निर्णय भएको डिपो प्रमुख जगन्नाथ घिमिरले बताए ।