५ माघ ०७४, काठमाडौं । डिल्लीबजार कारागारमा चोरी मुद्दामा सजाय भोगिरहेका एक जना कैदी भागेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख जयबहादुर चन्दका अनुसार गएराति टिकाबहादुर थापा मगर कारागारको काँडेतार काटेर भागेको हो ।
‘उनी गएराति भागेका छन् । थप अनुसन्धान भइरहेको छ ।’ रानीपोखरीका प्रहरी प्रमुख चन्दले भने ।
प्रहरीका अनुसार कारागारभित्र कैदीको गणना गर्दा गल्ती भएको फाइदा उठाएर उनी भागेका हुन् ।
‘टिके डाँका’ भनेर चिनिने टिका टिकाबहादुर थापा काठमाडौंमा चोरी, लुटपाट र डकैटी सम्बन्धी घट्नामा पटक-पटक पक्राउ परेका व्यक्ति हुन् ।













